मैवाखोलाको बजेट ४३ करोड ६१ लाख



ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८३-८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार ८० रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

उपाध्यक्ष लिम्बूका अनुसार संघीय वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ५३ लाख रूपियाँ, प्रदेश वित्तीय समानीकरणतर्फ ८४ लाख ८९ हजार रूपियाँ, संघीय सशर्त अनुदानतर्फ १६ करोड ४४ लाख रूपियाँ तथा अन्य विभिन्न अनुदान र राजस्व स्रोतहरू समावेश छन्। गाउँपालिकाले आगामी वर्ष आन्तरिक आय ६ करोड ७२ लाख ७ हजार ५ सय ६३ रूपियाँ संकलन हुने अनुमान गरेको छ।

त्यसैगरी, संघीय राजस्व बाँडफाँडबाट ७ करोड ५३ लाख ५८ हजार रूपियाँ, प्रदेश राजस्व बाँडफाँडबाट ५३ लाख ४६ हजार ३ सय ४४ रूपियाँ, विशेष अनुदानबाट १ करोड ६० लाख रूपियाँ तथा समपूरक अनुदान र गैरसरकारी संस्थाबाट समेत उल्लेख्य रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ।

मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गत जेठ २७ गते नै गाउँसभाबाट पारित गरिसकेको थियो। जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिले नीति तथा कार्यक्रम स्वीकृत गर्ने पालिका बनेको मैवाखोलाले बजेट भने असार ९ गते प्रस्तुत गरेको हो।

बजेटमार्फत गाउँपालिकाले दलित तथा अति विपन्न परिवारलाई लक्षित गर्दै ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ। कार्यक्रमअन्तर्गत करिब एक हजार घरधुरीका सदस्यहरूको स्वास्थ्य बीमाको प्रिमियम शुल्क गाउँपालिकाले व्यहोर्नेछ।

यस कार्यक्रमले आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : 10:00 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित