सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 



ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखुमा आइतबार आयोजित १९ औँ गाउँसभामार्फत उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटअनुसार गाउँपालिकाको आन्तरिक स्रोत तथा बैँक मौज्दातसहित ८ करोड ९४ लाख १३ हजार १०५ रुपैयाँ रहेको छ । सङ्घीय वित्तीय समानीकरण अनुदानबाट १० करोड ५१ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ५४ लाख २ हजार रुपैयाँ तथा प्रदेश वित्तीय समानीकरण अनुदानबाट ९२ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश राजस्व बाँडफाँडतर्फ ६१ लाख ९३ हजार ८९५ रुपैयाँ, रोयल्टी बाँडफाँडबाट १ लाख ५० हजार रुपैयाँ र स्थानीय राजस्व बाँडफाँडबाट ६ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

यसैगरी सङ्घीय सशर्त अनुदानतर्फ २० करोड ७४ लाख रुपैयाँ, नेपाल सरकारको समपूरक अनुदान ८० लाख रुपैयाँ, सङ्घीय विशेष अनुदान १ करोड रुपैयाँ तथा प्रदेश सरकारको सशर्त अनुदान ९२ लाख ७३ हजार रुपैयाँ समावेश गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ५० युनिटसम्म विद्युत् उपभोग गर्ने उपभोक्ताको महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष मानबहादुर राईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “एक घर, एक करेसाबारी, प्राङ्गारिक तरकारी” अभियानमार्फत स्थानीयवासीलाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न किसानमुखी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

बजेटले सडक, भवन, सिँचाइ, खानेपानीलगायतका भौतिक पूर्वाधार विकासका योजनासँगै कृषि तथा किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिनुभयो । ताप्लेजुङका नौ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने पहिलो पालिका बनेको छ ।

प्रकाशित मिति : 6:16 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी