आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने



ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी २०८३ साल पुस महिनाभित्र पालिकालाई पूर्ण रूपमा फुसको छानोमुक्त घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत वडा नं. १ निगुरादिनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन)ले उक्त घोषणा गर्नुभएको हो ।

अध्यक्ष पोमूका अनुसार पालिकाभित्र रहेका अधिकांश फुसका छाना विस्थापन भइसकेका छन् । हालसम्म गाउँपालिकाभर करिब ५ सय घरधुरीका फुसका छाना हटाएर सुरक्षित तथा व्यवस्थित छाना निर्माण गरिएको छ । अब केवल ७४ घरपरिवारमा मात्र फुसको छानो बाँकी रहेको र ती घरपरिवारको छाना आगामी पुस महिनाभित्र विस्थापन गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष पोमूले विकास निर्माणका कामहरू सञ्चालन गर्दा नागरिकको निजी सम्पत्तिमा क्षति नपुग्ने विषयमा गाउँपालिका सचेत रहेको उल्लेख गर्नुभयो । आफूले पूरा गर्न नसक्ने आश्वासन नबाँड्ने र सार्वजनिक रूपमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने आफ्नो कार्यशैली रहेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 6:28 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा