ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरुद्धको २१औं अन्तराष्ट्रिय दिवसको अवसरमा शनिबार फुङलिङ नगरपालिका–११ मा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

ज्येष्ठ नागरिक जिल्ला सङ्घ ताप्लेजुङको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई अल्जाईमर रोगबारे जानकारी गराइएको थियो । यस्तै ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार तथा यसको न्यूनिकरण बारे छलफल र ज्येष्ठ नागरिकको सेवा–सुविधा तथा कर्तव्य बारे छलफल गरिएको थियो ।

साथै एक वृद्ध र एक वृद्धा गरी सबैभन्दा बढी उमेरका दुई जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष टामन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा एक सय बढी ज्येष्ठ नागरिकहरूको उपस्थित रहेको थियो । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको सहआयोजक ताप्लेजुङ वृद्धा आश्रम रहेको छ ।

यो सँगै सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न भएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमलाई नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले सहजिकरण गरेको हो । कार्यक्रममा स्थानीयले फुङलिङ नगरपालिका–११ फावाखोलाको सडक स्तरोन्नतिको बारे गुनासो राखेका थिए ।

सडक स्तरोन्नति र कालो पत्र नहुँदा आफूहरूले हिलो र धुलोमा नै जीवन बिताएको गुनासो गरेका थिए । स्थानीयवासीहरूको गुनासोलाई चाँडै सम्बोधन गर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिकाका उपमेयर भिमादेवी ओझा र ११ नं. वडाका वडा अध्यक्ष युवराज भट्टराईले स्थानीयको रायमा जवाफ दिनुभएको थियो ।

आइतबार फुङलिङ नगरपालिका–१० फुरुम्बोमा कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 9:06 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित