बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य



ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसाइँ सरी आउने व्यक्तिका लागि नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बसाइँ सराई दर्तालाई थप व्यवस्थित बनाउन आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार अब सिरिजङ्घा गाउँपालिकामा बसाइँ सरी आउने व्यक्‍तिमध्ये कम्तीमा एक जनाको नाममा सम्बन्धित वडा भित्र छ महिनाअघि नै जग्गा खरिद गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, उक्त व्यक्तिको घरजग्गा कायम रहेको विषय सम्बन्धित वडाध्यक्षले प्रमाणित गरेको कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

गाउँपालिकाले तोकिएका सबै मापदण्ड पूरा गरेका लाभग्राहीहरूको मात्र बसाइँ सराई दर्ता गरिने गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:12 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित