युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु



ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड मेवाखोलाले परीक्षण उत्पादनको कार्य सुरु गरेको हो ।

गत चैतमा नै परीक्षण उत्पादन सुरु गरिएपनि असफल भएपछि पुन मर्मत गरिएको हो । मर्मतपछि गत जेठ १३ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेम (आशिष) ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुमा रहेको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ ।

हाल परीक्षणका क्रममा रहेकाले स्थानीयलाई खोला तथा ट्रान्समिसन लाइनको आसपासमा नजान आयोजनाले आग्रह गरेको छ । मेरिङदेन गाउँपालिका ३, ४, ५ र मिक्वाखोला गाउँपालिका १ र ३ हुँदै बग्ने मेवाखोलामा पानीको बहाव उत्तारचढाव हुने भएकाले सचेतना अपनाउन आग्रह गरिएको छ । स्थानीयलाई माछा मार्ने, घाँस दाउरा गर्ने, पौडी खेल्ने, खोला तर्ने जस्ता कार्य नगर्न र नगराउन साथै पावरहाउस ९विद्युत गृह०देखि ढुङगेसाँघु सव सबस्टेसनसम्मको ट्रान्समिसन तथा हाइटेन्सन लाइनको टावर नछुन, नचढ्न र नजिक नजान अनुरोध गरिएको छ ।

आयोजनाको विद्युत गृह रहेको स्थान मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि ढुङ्गेसाँघु सबस्टेसनसम्मको दूरी आठ किलोमिटर रहेको छ । जहाँ २८ वटा टावर पोल (खम्बा) निर्माण गरिएकाले सोको छेउमा नजान आग्रह गरिएको आयोजनाले जनाएको छ । करिब नौ अरबको लागतमा आयोजनाको निर्माण कार्य २०७८ सालबाट सुरु भएको थियो ।

प्रकाशित मिति : 6:18 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित