नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं साधारण सभा सम्पन्न



ताप्लेजुङ, जेठ १२ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार फुङलिङ बजारमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभालाई सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव दाहालले सरकारी विज्ञापन सम्बन्धी सङ्घीय सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश तथा स्थानीय सरकारलाई निजी सञ्चार माध्यमलाई सहयोग निरन्तर गर्न आग्रह गर्नुभएको छ । महासचिव दाहालले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले प्रेस स्वतन्त्रता कमजोर हुने दाबी गर्नुभयो । उहाँले यस्तो निर्णयले निजी सञ्चार संस्था र श्रमजीवी पत्रकारको अस्तित्वमाथि नै असर पर्ने बताउनुभयो । 

दाहालले सङ्घीय सरकार सञ्चार माध्यमप्रति असहिष्णु बन्दै गएको आरोप लगाउँदै पत्रकार महासङ्घ आन्दोलनको तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले देशभरका प्रदेश तथा स्थानीय तहलाई निजी सञ्चार माध्यमसँगको सहकार्य जारी राख्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले स्थानीय सञ्चार माध्यमलाई दिँदै आएको विज्ञापन तथा सूचना प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले निजी तथा सहकारी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारले एकपक्षीय निर्णय गरेको आरोप लगाउनुभयो । उहाँले सञ्चार क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्नुभयो । महासङ्घकी केन्द्रीय सदस्य माला पालुङ्वाले स्थानीय सञ्चार संस्था संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं ले सेवा निवृत्तिपछि पत्रकारिता क्षेत्रमा योगदान गर्ने आफ्नो इच्छा व्यक्त गर्नुभयो । यता आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) र मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले ताप्लेजुङका स्थानीय तह सधैँ सहकार्यमा रहने बताउनुभयो । 

साधारणसभामा सचिव कृष्ण फुरुम्बो (लिम्बू) र कोषाध्यक्ष मदन गौतमले प्रस्तुत गरेको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:26 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ