पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तहको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियुको माग



ताप्लेजुङ, जेठ १२ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाथीभरा बहुमुखी क्याम्पस कमिटीले स्नातक तहको ४० प्रतिशत शुल्कमा वृद्धि गरिएको निर्णय तत्काल फिर्ता माग गरेको छ । सोमबार क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले गरी वृद्धि शुल्क फिर्ता गरी यथावत् राख्न माग गरेको हो । 

क्याम्पस सञ्चालक समितिको गत जेठ ५ गतेको निर्णयले विद्यार्थीहरूसँग कुनै छलफल र सहमति नगरी तथा उपयुक्त कारण नदेखाई शुल्क वृद्धि गरेको भन्दै फिर्ता गर्न माग गरिएको छ । हाल मासिक शुल्क ५०० रुपियाँलाई ४० प्रतिशत वृद्धि गरेर ७०० रुपियाँ पुर्याएको अनेरास्ववियुको भनाई छ । 

यस्तै हाल कायम रहेको प्रति पिरियड ४० मिनेटको समयलाई ६० मिनेट बनाउँदै क्याम्पसलाई दिवाको १२ बजेसम्म सञ्चालन गर्ने निर्णय शैक्षिक दृष्टिले केही लाभदायक देखिए पनि व्यवहारिक रूपमा उपयुक्त नभएकाले पुनः समय तालिका मिलान गर्न पनि माग गरिएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुले प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षाको विकासका लागि सञ्चालक समितिले सम्बन्धित निकायहरूसँग आवश्यक पहल तथा समन्वय गर्नु पर्ने समेत माग गरिएको छ । 

प्राध्यापक तथा अध्यापकहरूले निर्धारण गरिएको दैनिक अध्यापन समय अनुसार पूर्ण रूपमा अध्यापन गराउने सुनिश्चितता क्याम्पस प्रशासनले प्रभावकारी रूपमा नियमन गर्नुपर्ने तथा पुस्तकालयमा विभिन्न सङ्कायका आवश्यक पुस्तकहरूको अभाव भएकाले पर्याप्त मात्रामा पुस्तक उपलब्ध गराइनुपर्ने माग गरिएको छ । 

माग गरिएका सम्पूर्ण विषयहरू सम्पूर्ण विद्यार्थीहरूको साझा मुद्दा र साझा आवाज भएकाले क्याम्पस प्रशासनले गम्भीरतापूर्वक ध्यान दिई यथाशीघ्र सम्बोधन गर्ने अपेक्षा अनेरास्ववियुको रहेको अध्यक्ष पौडेलको भनाई छ ।  


 

प्रकाशित मिति : 6:09 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ