पाथीभरा केबुलकार खारेजीको माग गर्दै घोषणा गरिएका आन्दोलन स्थगन, अब कम्पनीविरुद्ध केन्द्रित हुने 



ताप्लेजुङ, जेठ १० गते  । मुक्कुम्लुङ संरक्षण र पाथीभरा केबुलकार खारेजीको माग गर्दै घोषणा गरिएका आन्दोलनका कार्यक्रम स्थगन गरिएको छ । आइतबार पत्रकार सम्मेलन मार्फत मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी संयुक्त सङ्घर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले संयुक्त प्रेस वक्तव्य जारी गर्दै घोषित आन्दोलन स्थगन तथा स्वरूप परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

गत वैशाख ३० गते ताप्लेजुङको फुङलिङ र काठमाडौंको माइतीघर मण्डलाबाट सात बुँदे आन्दोलन घोषणा गरिएको थियो । आन्दोलन घोषणा पश्चात नेपाल सरकार र मुक्कुम्लुङ संरक्षण पक्षबीच निरन्तर संवाद तथा छलफल भइरहेको समितिहरूले जनाएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयबाट मुक्कुम्लुङ क्षेत्रमा स्थलगत भ्रमण गरी केबुलकार निर्माण प्रक्रिया सम्बन्धी सम्पूर्ण विषयमा आन्तरिक छानबिन सुरु गरिएको जानकारी प्राप्त भएको पत्रकार सम्मेलन मार्फत समितिहरूले जानकारी दिएका छन् । 

यस्तै उहाँहरूले मुक्कुम्लुङको मुन्धुमी तथा सांस्कृतिक सम्पदा माथि भएको अतिक्रमण, फर्जी प्रारम्भिक वातावरणीय परीक्षण, अवैधानिक निर्माण प्रक्रिया, नीतिगत अनियमितता तथा भ्रष्टाचारका विषयमा निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी आन्दोलनका क्रममा भएको दमनका दोषीमाथि कारबाही, घाइते संरक्षणर्मीलाई क्षतिपूर्ति, आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज तथा केबुलकार परियोजना खारेजीतर्फ सरकारले सकारात्मक पहल गर्ने अपेक्षा समितिहरूले गरेका छन् ।

सरकारले आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पहल थालेको निष्कर्ष निकाल्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरिएको जनाइएको छ । साथै अब आन्दोलनको स्वरूप परिवर्तन गरी केबुलकार कम्पनीका गतिविधिविरुद्ध केन्द्रित भएर अघि बढ्ने निर्णय गरिएको समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : 5:12 pm

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन