“मुक्कुम्लुङ क्षेत्रमा केबलकार खारेजी” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



ताप्लेजुङ, जेठ १० गते । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर विवाद चर्किरहेका बेला “मुक्कुम्लुङ क्षेत्रमा केबलकार खारेजी” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न जातीय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विकासका नाममा समुदाय फुटाउने काम भएको आरोप लगाएका छन्। 

कार्यक्रममा सहभागीहरूले जातीय पहिचान र मुन्धुमी स्थल संरक्षणका लागि सबै समुदाय एकजुट हुनुपर्ने धारणा राख्दै, स्थानीय नागरिकलाई नबुझाई गरिएको विकास मान्य नहुने बताएका छन्। उनीहरूले केबलकार निर्माणअघि सरोकारवालासँग पर्याप्त छलफल हुनुपर्ने, कम्पनीले स्थानीय भावना विपरीत मनोमानी गरेको तथा सरकारले समेत कम्पनीको पक्षमा उभिएर दमन गरेको आरोप लगाएका छन्। 

त्यस्तै पाथिभरा क्षेत्रको भेटी व्यवस्थापन, खर्च विवरण र विभिन्न योजनामा आर्थिक दुरुपयोग भएको भन्दै छानबिनको माग समेत गरिएको छ। कार्यक्रममा आन्दोलन कुनै राजनीतिक एजेण्डा नभई सांस्कृतिक तथा अस्तित्व रक्षाको आन्दोलन भएको आन्दोलन रक्त पक्षका वक्ताहरूले बताएका छन्। यस अघि केबुलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो । 

सोही घोषित कार्यक्रम अनुसार मङ्गलबार विभिन्न राजनीतिक दलसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार जेठ ११ गते कालो झन्डासहित कोणसभा, जेठ १६ गते फुङ्लिङ बजारमा खबरदारी तथा विरोध प्रदर्शन र जेठ १७ गते मुक्कुम्लुङ क्षेत्रमा वृक्षरोपणसहित विरोध प्रदर्शन गरिने छ।

प्रकाशित मिति : 6:17 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन