जिसस प्रमुख लामाको पद कायम राख्न सर्वोच्चको अन्तरिम आदेश



ताप्लेजुङ, जेठ ८ गते । सर्वोच्च अदालतले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद कायम गरेको छ । दल परिवर्तन गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेको जिसस प्रमुख लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । 

शुक्रबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले पद यथास्थितिमा राख्न आदेश दिएको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमाणीकरणका लागि आगामी जेठ ११ गते अदालतले बोलाएको छ । निर्वाचन आयोगले दल त्याग गरेका आमा सहित १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको थियो । उक्त निर्णयको विरुद्ध लामाले अदालतमा रिट दर्ता गराउनु भएको थियो । 

सोही रिटको आधारमा अदालतले अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगलाई निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश जारी गरेको हो ।

प्रकाशित मिति : 6:26 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था