डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर



ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया सेवा सहितको विशेष आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, मेची आँखा अस्पताल बिर्तामोड झापा तथा सेवा फाउण्डेसन काठमाडौंको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुने भएको हो । 

उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इनचार्ज काजी गुरुङका अनुसार मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने छ । त्यस्तै दोस्रो चरण अन्तरगत आजबाट २६ गतेसम्म शिविर सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो । शिविर अवधिभर आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको निःशुल्क परीक्षण गरिनुका साथै मोतिबिन्दु भएका बिरामीहरूको छनोट गरी निःशुल्क शल्यक्रिया गरिने व्यवस्था 

 शिविरमा सहभागी हुने बिरामीहरूलाई आवश्यक औषधि निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ । साथै ४० वर्षभन्दा माथिका बिरामीहरूलाई पढ्नका लागि आवश्यक पर्ने चश्मा पनि निःशुल्क उपलब्ध गराइनेछ । ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । 

उहाँले आँखाको समस्या भएका बिरामीहरूलाई समयमै परीक्षण गराई सेवा लिन आग्रह गर्नुभएको छ । शिविरबाट विशेष गरी आर्थिक अवस्था कमजोर भएका तथा नियमित उपचारबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको गुरुङले बताउनुभयो बताउनुभयो ।

यस्तै पहिलो चरणको शिविर वैशाख २१ र २२ गते दोभान बजारस्थित दोभान आँखा उपचार केन्द्रमा सञ्चालन भएको थियो । जसमा ५९ जनाको सफल आँखाको शल्यक्रिया गरिएको छ ।

प्रकाशित मिति : 6:20 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको