मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा



ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवामा आज दोस्रो दिन ८३८ जना सेवाग्राहीले सेवा लिएका छन् । आज वडा नं. २ ढुङ्गोसाँघुका नागरिकहरुले ठोट्ने सिंहराज मनरानी आधारभुत विद्यालयको खेलमैदान मार्फत सेवा लिएका हुन् । ६ ओटा वडा रहेको गाउँपालिकाको १ नं. वडा ढुङ्गेसाँघुबाट शिविर सुरु गरिएको हो ।

पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।

त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्नुका साथै नागरिकको गुनासो, राय, तथा सुझाव ग्रहणका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गरिएको छ । शिविरको पहिलो दिन भने ८८३ जना नागरिकले सेवा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी माया गोम्देनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भने ८३८ जना नगरीकले सेवा लिएका छन् । जसमा प्रशासन तथा जिन्सी शाखामार्फत २०१ जनाले सेवा लिएका छन् । पालिकाका अनुसार प्रशासन शाखामार्फत संस्था दर्ता, नवीकरण, सिफारिस लगायतको सेवा प्रदान गरिएको छ । त्यस्तै आईटी शाखामार्फत २८ जना, आयुर्वेद तथा औषधालयबाट ६३, कृषि शाखाबाट १५१, रोजगार तथा राजस्व शाखामार्फत २० र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत १७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमार्फत १३ जनाले योजना, पूर्वाधार र नक्सा पासका सेवा लिएका छन् भने ८५ जनाले पञ्जिकरण शाखा अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरणको सेवा पाएका छन् । उद्यम विकास सेवामार्फत १८ जना खानेपानी तथा सरसफाइ इकाईबाट ४ जनाले सेवा लिएको पालिकाले जनाएको छ । यस्तै ७६ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, १४४ जना कृषकको पशुपक्षीको औषधी वितरण गरिएको छ । शिक्षा खेलकुद तथा युवा शाखाबाट १८ जनाले सेवा लिएको पालिकाको भनाइ छ ।

घण्टौँ समय खर्चिएर पालिकासम्म पुगेर लिइने सेवा आ–आफ्नो वडामा आउँदा सेवाग्राहीको चाप समेत बढी भएको अध्यक्ष वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार नागरिकलाई स्थानीय सरकार रहेको अनुभुति गराउन टोलटोल पुगेर शिविरमार्फत सेवा प्रदान गरिएको हो ।

बुधबार ६ नं. वडा फाकुम्बास्थित श्री महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा, बिहीबार ५ नं. वडाको कार्यालयमा र शुक्रबार ४ नंं. वडाको श्री गङ्गा आधारभुत विद्यालयको खेलमैदानमा शिविर सञ्चालन गर्ने तालिका रहेको छ ।

यस्तै पालिकाको केन्द्र रहेको ३ नं. वडा साँघुस्थित श्री नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा आगामी वैशाख ३० गते घुम्ती सेवा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । उक्त शिविरमा उपस्थित भई सेवा लिन आम गाउँपालिकाबासीलाई पालिकाले आग्रह समेत गरेको छ ।

कार्यक्रममा सार्वजनिक सुनाई कार्यक्रम समेत सम्पन्न भएको छ । मैवाखोला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको सहजिकरणमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : 8:25 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा