मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु



ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सुरु भएको छ। आजदेखि सुरु भएको उक्त तालिम मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङको सभाध्यक्षतामा सञ्चालन भएको हो । 

कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) को प्रमुख अतिथि तथा मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको मेरिङदेन गाउँपालिकाका सुचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । स्थानीय स्तरमा देखिने विवाद तथा झैझगडालाई आपसी समझदारी र मेलमिलापमार्फत समाधान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । 

 तालिममा मिक्वाखोला गाउँपालिकाबाट १० जना र मेरिङदेन गाउँपालिकाबाट १७ जना गरी कुल २७ जना सहभागी छन् । सहभागीहरूलाई मेलमिलापका आधारभूत सिद्धान्त, विवाद व्यवस्थापन, संवाद सीप तथा समुदायस्तरमा शान्ति स्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ ।

तालिम आगामी वैशाख २९ गतेसम्म सञ्चालन हुने छ । शान्तिका लागि सहकार्य संस्था नेपालले सहजीकरण गरिरहेको उक्त तालिमले स्थानीय तहमा प्रभावकारी मेलमिलापकर्ता उत्पादन गरी सामाजिक सद्भाव कायम गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 7:56 pm

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर

फुङलिङ नगरपालिकाद्वारा आधिकारिक लोगो छनोट 

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो आधिकारिक

सङ्घीयता कार्यान्वयन र विकासमा जोड दिन सांसद क्षितिज थेबेको आग्रह

ताप्लेजुङ, असार १६ गते । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको