मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य



ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ । गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशनबाट संशोधित बजेट कार्यक्रममार्फत स्वीकृत भएको उक्त योजना विद्यालयस्तरमा व्यवहारिक शिक्षा, वातावरण संरक्षण तथा पोषणमैत्री शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको हो । 

गाउँपालिकाका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) का अनुसार आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम अन्तर्गत ल्याइएको यस योजनालाई प्रधानाध्यापकहरूको २०८२ चैत २२ गते बसेको बैठकको निर्णयका आधारमा कार्यान्वयनमा लैजान लागिएको हो । शैक्षिक सत्र सुरु भएलगत्तै प्रत्येक विद्यालयले आफ्नै परिसरभित्र बगैँचा निर्माण गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । 

उत्कृष्ट बगैँचा निर्माण गर्ने विद्यालयलाई आगामी असारको दोस्रो हप्ताभित्र पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उत्कृष्ट विद्यालयलाई नगदसहित सम्मान गर्ने व्यवस्था गरेको छ । 

जसअनुसार प्रथम हुने विद्यालयलाई ५० हजार रुपियाँ, द्वितीय हुने विद्यालयलाई ३० हजार रुपियाँ तथा तृतीय हुने विद्यालयलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । गाउँपालिकाले यस कार्यक्रमबाट विद्यार्थीमा कृषि, हरियाली र वातावरणप्रतिको रुचि बढ्नुका साथै विद्यालय परिसरलाई आकर्षक र शिक्षामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ । 

प्रकाशित मिति : 7:00 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी