ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती



ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ताप्लेजुङमा ६ वटा परीक्षा केन्द्र कटौती गरिएको छ। गत वर्ष १७ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष ६ वटा कटौती गरी ११ वटा मात्र कायम गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार जिल्लाभरका ११ केन्द्रबाट यस वर्षको एसईई सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या कम भएकाले केन्द्र कटौती गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो।

एकाइ प्रमुख भट्टराईका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा १५० जना परीक्षार्थी हुनुपर्ने निर्देशिकाको प्रावधानका कारण संख्या नपुग्दा केन्द्रहरू कटौती गरिएका हुन्। जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला र मिक्वाखोला गाउँपालिकामा यस वर्ष एसईईको कुनै पनि केन्द्र नतोकिएको उहाँले बताउनुभयो।

साविकका परीक्षा केन्द्र कटौती भएपछि परीक्षार्थी र अभिभावक भने मर्कामा परेका छन्। आफ्नै गाउँमा रहेको केन्द्र हटेपछि टाढाको केन्द्रमा गएर परीक्षा दिनुपर्ने र त्यसका लागि डेरा खोज्नुपर्ने तथा खर्चको व्यवस्थापन गर्नुपर्ने बाध्यता आइलागेको उनीहरूको गुनासो छ। एकाइ प्रमुख भट्टराईले भने निर्देशिका बमोजिम १५० भन्दा बढी परीक्षार्थी हुने गरी केन्द्र निर्धारण गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो।

यस वर्ष फुङलिङ नगरपालिकामा सबैभन्दा बढी चारवटा केन्द्र तोकिएका छन्। जसमा भानुजन माध्यमिक विद्यालय, युवावर्ष माध्यमिक विद्यालय, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय र सिद्धकाली माध्यमिक विद्यालय रहेका छन्। यस्तै, सिदिङ्वा गाउँपालिकाको भञ्ज्याङ मावि, सिरीजङ्घा गाउँपालिकाको सिनाम मावि र तेल्लोक माविमा केन्द्र कायम गरिएको छ।

फक्ताङलुङ गाउँपालिकाको सिँवा मावि, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन मावि, पाथीभरा याङवरक गाउँपालिकाको थेचम्बु मावि र आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती मावि हाङपाङमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

यस वर्ष ताप्लेजुङबाट साधारणतर्फ नियमिततर्फ १ हजार ३४० र ग्रेडवृद्धितर्फ ५४७ जना तथा प्राविधिक धारतर्फ नियमित १०३ र ग्रेडवृद्धितर्फ १९ गरी कुल २ हजार ९ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्। यो संख्या गत वर्षको तुलनामा करिब १५० ले कम हो।

प्रकाशित मिति : 8:25 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)