पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन



ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा ३१ लाख बढी भेटी सङ्कलन भएको छ । फागुन महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार फागुन महिनामा भक्तजनहरूले ३१ लाख १० हजार रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ ।

शनिबार सार्वजनिक तथ्याङ्क अनुसार फागुन महिनामा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।

प्रकाशित मिति : 12:26 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन