समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा



ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारका लागि अक्षयकोषमा रकम जम्मा गरेका छन् । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सञ्चालन गरेको नेपाल नेत्र ज्योति अक्षयकोषमा समाजसेवी दम्पतीले रकम जम्मा गरेका हुन् ।

पोखरा १७ कास्की घर भई हाल युकेमा बसोबास गर्दै आइरहनु भएका दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङले अक्षयकोषमा रकम जम्मा गर्नू भएको हो । उहाँहरुले उक्त अक्षयकोषमा एक लाख पाँच हजार रुपियाँ रकम जम्मा गर्नू भएको केन्द्रका वरिष्ठ नेत्ररोग, क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि आर्थिक अभावमा रहेका बिरामीहरूको उपचारमा रकम खर्च गर्ने गरि सङ्घले स्थापना गरेको अक्षयकोषमा रकम जम्मा गर्नू भएको हो ।

अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजको ८० प्रतिशत रकममार्फत विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारमा सहयोग गर्ने उद्देश्य सङ्घको रहेको छ । बाँकी २० प्रतिशत रकम साँवामै जोडिने गरि कार्यविधि बनाइएको समेत सङ्घले जनाएको छ । जस अनुसार नै क्रमश दाताहरूले रकम जम्मा गरिरहेका छन् ।

हालसम्म विभिन्न दातामार्फत करिब साढे ८ लाख रुपियाँ रकम जम्मा भएको क्लिनिक इन्चार्ज गुरुङले जानकारी दिनुभयो । उहाँले भावी दिनमा समेत सोही अक्षयकोषमा रकम जम्मा गर्ने गरि अन्य दाताहरूसँग समेत समन्वय भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : 12:20 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको