ताप्लेजुङमा मतगणनास्थल तयार



ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि मतगणनास्थल तयार भएको छ । जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेराबारासहित मतगणनास्थल तयार भएको हो

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेराबारासहित मतगणनास्थल तयार भएको छ ।

मतगणनास्थलमा दुईवटा सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, मतपेटिका भण्डारका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा कक्ष तयार गरिएको छ । मतपेटिका भण्डारण भएका कक्षको सिसी क्यामेराबाट निगरानी गरिने र चौबीसै घण्टा दक्ष प्राविधिक र सुरक्षाकर्मीले निगरानी गर्ने श्रेष्ठले बताउनुभयो ।

यस्तै, निर्वाचन क्षेत्रमा विद्युत आपूर्ति बन्द नहुने गरी व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 7:18 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र