ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे



ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेद्वार क्षितिज थेबेले आफू ताप्लेजुङको आवाज बन्ने बताउनुभएको छ । सोमबार जिल्लाको सिदिङ्वा गाउँपालिका साब्लाखुमा भएको चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै थेबेले यस्तो बताउनुभएको हो । 

उहाँले ताप्लेजुङ जिल्लाका युवाहरूको आवाज, आवाज विहीनहरूको आवाज, अन्याय भोगेर बोल्न नसक्नेहरूको आवाज, विकासको आवाज अनि समृद्धिको आवाज बन्न उपस्थित भएको बताउँनुभयो । यी आवाजहरुलाई संसद्‌मा उठाएर सामाजिक न्याय र क्रान्तिको  निम्ती आफ्नो जीवन सुम्पने प्रतिवद्धता जाहेर गर्नुभएको छ । 

आफ्नो उम्मेदवारको प्रमुख उद्देश्य जनताहरूको घर–घरमा सुख र खुसी प्राप्ति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज नेपालको समाजमा द्रुत गतिमा परिवर्तन भइरहेको छ, संसारको ग्लोबल अवस्था र डिजिटल प्रविधि सँगै समाज द्रुत गतिमा बढिरहेको छ, यो परिवर्तनलाई अङ्गाल्दै यो ग्रामीण समाजलाई अगाडि युवा सँग हातेमालो गर्ने छु ।” 

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको सिनाममा जन्मनुभएका थेबेले आफ्नो बाल्यकाल यही ग्रामीण भेगमा बिताएको स्मरण गर्दै यसलाई विकास सँग साझेदार गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थेबे आइतबार सम्म घरदैलो कार्यक्रममा व्यस्त हुनुभएको थियो । 

उहाँ सोमबारबाट चुनावी सभामा होमिनुभएको हो । थेबेले घरदैलो कार्यक्रमको समयमा मतदाताहरू सँग फरक ढङ्गले साक्षातकार गरेको भनेर चर्चा पनि पाउनुभएको थियो । उहाँले घरदैलो कार्यक्रममा मतदाताहरूको समस्या सुल्झाउनेदेखि सांस्कृतिक रहनसहनको अनुसरण गर्ने कार्य समेत गर्नुभएको थियो । 

एउटामा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा थेबेसहित १३ जनाको उम्मेदवारी परेको छ । जसमा थेबे सबैभन्दा कान्छो उम्मेदवार पनि हुनुहुन्छ । यता नेपाली काङ्ग्रेसले भने मंगलबारबाट मात्र चुनावी आमसभाको कार्यक्रम गर्ने भएको छ । काङ्ग्रेसले गजेन्द्र तुम्याहाङलाई चुनावी मैदानमा अघि सारेको छ । 

यस्तै नेपाली कम्युनिष्ट पार्टीले भने चुनावी आमसभा नगर्ने घरदैलो कार्यक्रम मात्र गर्ने जनाएको छ भने श्रम संस्कृति पार्टीले पनि घरदैलो कार्यक्रम मात्र गर्ने भएको छ । नेकपाबाट खेलप्रसाद बूढाक्षेत्री परकाग र श्रम संस्कृति पार्टीबाट सन्तोष राई चुनावी मैदानमा हुनुहुन्छ । 

यता रास्वपाले भने चुनावी आमसभाको कार्यक्रम तालिका बुधबार मात्र सार्वजनिक गर्ने भएको छ । रास्वपाका उम्मेदवार विरेन्द्र श्रेष्ठ हुनुहुन्छ । उज्यालो नेपाल पार्टीले पनि केही समय पछि कार्यक्रम तालिका सार्वजनिक गर्ने जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, संघीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का इन्द्र थापा, जनता समाजवादी पार्टी (जसपा) का अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

उम्मेदवारी दर्ता गराउनेमा उज्यालो नेपालका कृतिमान मादेन, जसपा नेपालका सूर्य तमु, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का नरपती पौडेल रहनुभएको छ । १३ जना उम्मेदवारमध्ये कधिकांश पहिलो पटक निर्वाचनमा होमिएको र नयाँ उम्मेदवारको उदयले ताप्लेजुङको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । 

प्रकाशित मिति : 6:57 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर