ओलाङचुङगोलाका ज्येष्ठ नागरिकलाई न्यानो सिरक 



ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र ओलाङचुङगोलाका ज्येष्ठ नागरिक र फरक क्षमता भएका २० जनालाई न्यानो सिरक प्रदान गरेको छ । सिद्धार्थ बैङ्क लिमिटेड फुङलिङ शाखाले ओलाङचुङगोलाका ज्येष्ठ नागरिक र फरक क्षमता भएका २० जनालाई न्यानो सिरक प्रदान गरेको हो । 

दुर्गम तर महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा समेत परिचित फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने ओलाङचुङगोलामा पुगी बैङ्कका प्रतिनिधिले संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत ५० हजार मूल्य बराबरको न्यानो सिरक बितरण गरिएको सिद्धार्थ बैंक लिमिटेडको फुङलिङ शाखाका प्रबन्धक घनेन्द्र गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन वालुङ शेर्पालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

 वडाअध्यक्ष शेर्पाले दुर्गम गाउँका स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति सहयोगी निकायलाई आभार व्यक्त गर्नु भएको छ । समुद्र सतहबाट करिव ३ हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोला ऐतिहासिक स्थलको रुपमा परिचित छ ।

करिव ५ सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा रहेको ओलाङचुङगोला पर्यटकीय क्षेत्रले पनि परिचित छ । ओलाङचुङगोलाबाट नेपाल–तिब्बत सीमा नाका टिपताला पुग्न करिव २५ किलोमिटर दूरी पार गर्नुपर्छ । 

प्रकाशित मिति : 7:47 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)