ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ । नेपाल नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा पुष ५ गतेबाट सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको हो ।
१० जना दृष्टिविहीनहरूले तालिम लिएको नेपाल नेत्रहीन सङ्घका अध्यक्ष नरसिंह थलङले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अमिर मादेनले दृष्टिविहीनहरूको जीवनस्तर उकास्नलाई बजेट प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्ग मैत्री भवन बन्ने प्रकृयामा रहेको र उक्त भवन बने पश्चात अपाङ्गता भएका व्यक्तिलाई थप सहज हुने नगर उपप्रमुख भीमा देवी ओझाले बताउनुभयो ।
तालिममा सहभागि पेम्बा शेर्पाले तालिम प्रभावकारी भएको कम्प्युटरको आधारभुत कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै सिकेका कुरालाई थप अभ्यास गर्न कम्प्युटर लगायतका सामाग्री नभएकोले सहयोग गर्न अपिल गर्नुभयो । तालिमको सहजिकरण सुजता लिम्बुले गर्नुभएको थियो ।






प्रतिक्रिया