ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई



ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई दिएको छ । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

कार्यवाहकको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको जिम्मेवारी सुरु गरिसक्नु भएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्नेलगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको हो ।

बराल यस अघि उपसभापतिको जिम्मेवारीमा रहनुभएको थियो । तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकामबाट गाउँ प्रवेश गरिसक्नुभएको छ ।

प्रकाशित मिति : 6:07 am

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत