अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु



ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो । 

आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टिलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ । 

सुरुङ मार्ग प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, मिक्वाखोला–४ र ५ का जनप्रतिनिधि सहितको उपस्थितिमा खन्ने कार्य गरिएको हो । सुरुङ मार्ग निर्माण एक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको जनसम्पर्क अधिकृत गौतमले बताउनुभयो । 

करिव ६ अर्ब ३७ करोड रुपियाँ लागतमा निर्माण हुने आयोजनाको प्रवर्द्धक सौर्य होल्डिङ कम्पनी प्रालि रहेको छ । आयोजना निर्माणको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : 6:26 am

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका