केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन



सौगात विष्ट

ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ) मा निर्माणधीन केबुलकार खारेजको माग गर्दै ताप्लेजुङमा प्रदर्शन गरिएको छ । केबुलकार खारेजी सङ्घर्ष समितिले शुक्रबार विरोध प्रदर्शन गरेको हो । 

फुङलिङस्थित तोक्मे डाँडा देखि सुरु गरिएको ¥यालीलाई बजार परिक्रमा गरी तोक्मे डाँडामा कोण सभा सहित विरोध प्रदर्शन गरिएको केबुलकार खारेजी सङ्घर्ष समितिले जनाएको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो मुन्धुमी स्थलको जगेर्नाको निम्ति शान्तिपूर्ण आन्दोलन गरिएको केबुलकार खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताउनुभयो । 

कोण सभालाई सम्बोधन गर्नु हुँदै जिल्लामा विकासको रुपमा प्रकृतिको विनाश गरिएको दाबी गर्नु भएको छ । धार्मिक, सांस्कृतिक र प्रकृतिको संरक्षण गरि भावी पुस्ता सम्म टिकाई राख्न सबैको कर्तव्य भएको फेम्बूको भनाई छ । फेम्बूका अनुसार केबुलकार निर्माणमा रोक लगाई आफ्नो मुन्धुमी स्थलको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । 

केबुलकार खारेजी सङ्घर्ष समितिका अनुसार माघ १७ गते आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको  छ । यस्तै माघ १८ गते पाथीभरा क्षेत्रको कान्छी थानदेखी पाथीभरा (मुक्कुमलुङ) सम्म धागो टङ्गने कार्यक्रम रहेको छ । माघ १९ गते पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा विरोध प्रदर्शन र माघ २० विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका, वडामा निर्वाचनको एजेन्डा बनाएर अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ । 

यस अघि नै मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथामुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको थियो । 

प्रकाशित मिति : 6:41 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक