केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन



सौगात विष्ट

ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ) मा निर्माणधीन केबुलकार खारेजको माग गर्दै ताप्लेजुङमा प्रदर्शन गरिएको छ । केबुलकार खारेजी सङ्घर्ष समितिले शुक्रबार विरोध प्रदर्शन गरेको हो । 

फुङलिङस्थित तोक्मे डाँडा देखि सुरु गरिएको ¥यालीलाई बजार परिक्रमा गरी तोक्मे डाँडामा कोण सभा सहित विरोध प्रदर्शन गरिएको केबुलकार खारेजी सङ्घर्ष समितिले जनाएको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो मुन्धुमी स्थलको जगेर्नाको निम्ति शान्तिपूर्ण आन्दोलन गरिएको केबुलकार खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताउनुभयो । 

कोण सभालाई सम्बोधन गर्नु हुँदै जिल्लामा विकासको रुपमा प्रकृतिको विनाश गरिएको दाबी गर्नु भएको छ । धार्मिक, सांस्कृतिक र प्रकृतिको संरक्षण गरि भावी पुस्ता सम्म टिकाई राख्न सबैको कर्तव्य भएको फेम्बूको भनाई छ । फेम्बूका अनुसार केबुलकार निर्माणमा रोक लगाई आफ्नो मुन्धुमी स्थलको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । 

केबुलकार खारेजी सङ्घर्ष समितिका अनुसार माघ १७ गते आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको  छ । यस्तै माघ १८ गते पाथीभरा क्षेत्रको कान्छी थानदेखी पाथीभरा (मुक्कुमलुङ) सम्म धागो टङ्गने कार्यक्रम रहेको छ । माघ १९ गते पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा विरोध प्रदर्शन र माघ २० विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका, वडामा निर्वाचनको एजेन्डा बनाएर अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ । 

यस अघि नै मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथामुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको थियो । 

प्रकाशित मिति : 6:41 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)