ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 



ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी गर्ने  एक जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका २ का २२ वर्षीय डेनिस गुरुङ रहेका छन् । उनलाई चोरी भएको चाँदी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार पसलमा रहेको सीसीटीभी फुटेज परीक्षण गर्दा चोरीमा संलग्न व्यक्तिको पहिचान खुल्न पुगेको हो । 

पक्राउ परेका गुरुङको साथबाट चोरी गरिएका २ तोलाको सिक्री तथा १८ तोलाको चन्द्रहार गरी कूल २० तोला चाँदी बरामद गरिएको छ। पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : 2:13 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन