ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 



ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी गर्ने  एक जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका २ का २२ वर्षीय डेनिस गुरुङ रहेका छन् । उनलाई चोरी भएको चाँदी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार पसलमा रहेको सीसीटीभी फुटेज परीक्षण गर्दा चोरीमा संलग्न व्यक्तिको पहिचान खुल्न पुगेको हो । 

पक्राउ परेका गुरुङको साथबाट चोरी गरिएका २ तोलाको सिक्री तथा १८ तोलाको चन्द्रहार गरी कूल २० तोला चाँदी बरामद गरिएको छ। पक्राउ परेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : 2:13 pm

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल

प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई

नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी