प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा प्रगतिशील युवा क्लब आयोजक रातो सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक रातो सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलको ३३ औं मिनेटमा आयोजकको तर्फबाट सविन तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । यस्तै आयोजकको तर्फबाट नै फेरी खेलको ४२ औं मिनेटमा शिशिर राईले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनुभयो 

यस्तै खेलको ४९ औं मिनेटमा आयोजकको तर्फबाट नबिन भुजेलले गोल गर्नुभएको थियो भने, खेलको ६५ औं मिनेटमा आयोजककै दिपेश लिम्बूले गोल गर्नु हुँदै ४–० गोल अन्तरमा पुर्‍याउनु भएको थियो । यता खेलको ७० औं मिनेटमा मानाभाराको तर्फबाट आर के कन्दङ्वाले गोल गर्दै टिमलाई ४–१ गोल अन्तरमा पुर्‍याउनुभएको हो । 

बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शुक्रबार भएको उद्‌घाटन खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघुले आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गरेको छ । यो सँगै लालिमा युवा क्लब ढुङ्गेसाँघु पनि सेमिफाइनलमा प्रवेश गरी सकेको छ । अब भोलि दुई खेल सञ्चालन हुने खेल संयोजक विश्व नाल्बोले जानकारी दिनुभयो । 

उहाँको अनुसार भोलि पहिलो खेलमा साथीभाइ युवा क्लब फुङलिङ र पुवाजुङ फुटबल क्लब इलामबिच प्रतिस्पर्धा हुने छ । यस्तै दोस्रो खेलमा पृथ्वी लेस्नमाया युथ क्लब खाम्लुङ र कुम्मायक कुसायक पाँचथर बिच प्रतिस्पर्धा हुने छ । 

तुलसी स्मृति प्रतिष्ठान खेल मैदानमा  सञ्चालन भइरहेको प्रतियोगिताका विजेता टिमले ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ५२ हजार  ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपियाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ८ हजार रुपियाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले गोल्डकपको आयोजना गरिएको हो । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ  । प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपियाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9:41 pm

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

आगामी माघ २५ गतेदेखि नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा पुरुष

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको