आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु



ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ । पालिकाको केन्द्र हाङपाङमा निर्माण सम्पन्न भएको नव निर्मित भवनबाट नै सेवाग्राहीलाई सेवा दिन सुरु गरिएको हो ।

शुक्रबार नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरि सेवा दिन थालिएको हो । प्रशासकीय भवनसँगै आठराई त्रिवेणी सामुदायिक हलको समेत उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु ९दिपेन०को हस्त बाहुलीबाट दुवै भवनको उद्घाटन गरिएको छ ।

छ करोड ५३ लाख रुपियाँको लागतमा निर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरी सेवा दिन थालिएको अध्यक्ष पोमुको भनाइ छ । भवनको शिलान्यास २०७९ सालमा गरिएको थियो । त्यस्तै गत वर्ष शिलान्यास गरिएको सामुदायिक हल भने ८० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले उल्लेख गरेको छ ।

लिम्बू जातिको केःलाङ (च्याब्रुङ) तथा नौमती बाजासहित भवन र हलको उद्घाटन गरिएको छ । नवनिर्मित हलमा भने खेलकुद लगायतका अन्य कार्यक्रम समेत सञ्चालन गर्ने संरचना तयार पारिएको अध्यक्ष पोमुले बताउनुभयो । भवन तथा हलदेखि करिब पाँच सय मिटर आसपासको सडकमा समेत कालोपत्रे गरिएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पोमुसहित पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबो, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ, आठराई त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सान्ता कुमारी आङबुहाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, पालिकाका ३३ वटै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:43 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ