ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा माघ १६ गते देखी २१ गतेसम्म अन्तरपालिका स्तरीय पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो ।
१० वर्षे जनयुद्धका ताप्लेजुङ जिल्लाको पहिलो सहिद नरेन्द्र थलङ (सिडमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा सम्झाना स्वरूप साथै खेलकुदको माध्यमद्धारा पालिकाको पर्यटकीय क्षेत्रलाई समेत टेवा पुयाउने उदेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको वाईसिएल मिक्वाखोला गाउँपालिका अध्यक्ष सुजन साँबाले बताउनुभयो ।
प्रतियोगिताको विजेता हुने टिमले १ लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ सय ११ रुपैँयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागीता रहने र सबै खेल मिक्वाखोला गाउँपालिका–४ स्थित थलङ खेल मैदानमा हुने खेल संयोजक रणध्वज थलङले बताउनुभयो ।






प्रतिक्रिया