ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)



साहारा लिम्बू 
ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा १३ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्य सुरु भइ अन्तिम ४ बजेसम्ममा १३ दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । 

जसमा नेकपा एमालेको तर्फबाट क्षितिज थेबे, नेपाली काङ्ग्रेसका तर्फबाट गजेन्द्र तुम्याहाङ र नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्रीले उम्मेद्वारी दर्ता गराउनुभएको छ । यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनका सन्त लिम्बू, सङ्घीय लोकतान्त्रीक राष्ट्रिय मञ्च नेपालका मुक्साम लाबुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्र थापा, जनता समाजवादी पार्टीका अरुण लेछर्बो, नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ, श्रम संस्कृति पार्टीका सन्तोष राई,  उज्यालो नेपाल पार्टीका कृतिमान मादेन, जनता समाजवादी नेपालका सुर्य तमु, र नेपाल कम्युनिष्ट पार्टी (बिप्लब पार्टी) नरपती पौडेल गरी जम्मा १३ दलका उम्मेदवारहरूले उम्मेद्वार दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लामा ९० हजार ३२७ मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ ८० वटा मतदान स्थल र १२७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : 5:50 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी