प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 



ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजक सिंवा स्पोर्टिङ क्लबले हात परेको छ । सोमबार भएको फाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिमलाई ३-२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो । 

माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपको उपाधि सँगै आयोजकले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको । उपविजेता टोली लालिगुराँसले नगद एक लाख ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको । 

यस्तै खेलको विधागततर्फ उत्कृष्ट गोलरक्षक सिंवा  स्पोर्टिङका आकाश लिम्बू बन्नुभएको छ भने उत्कृष्ट डिफेन्डर पनि सिंवा स्पोर्टिङ कै योगेश लिम्बू बन्नुभयो । सर्वाधिक गोलकर्ता भने ड्रिम ब्वाइज एफ. सि. धनकुटाका शुक्र लिम्बू सर्वाधिक गोलकर्ता बन्नुभएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लालीगुराँस स्पोर्टिङका हितेन लिम्बू घोषित हुनुभयो । विजेता तथा उपविजेता खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गाम सँगै आयोजक समितिका अध्यक्ष तेजविर लिम्बू, संरक्षक मचिन्द्र लिम्बू लगायतले पुरस्कृत गर्नुभएको थियो । 

क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो ।

विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 6:24 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि