पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 



ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि चौथो पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटक–पटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो ।

समितिसँग मौज्दात रहेको १ सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत पुष ९ गते सूचना जारी गरि प्रतितोला न्यनतम २ लाख ६७ हजार २ सय रुपैयाँ रकमबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।

२१ दिने सूचना जारी गरिए पनि कार्यालयमा कुनै आवेदन नपरेकाले सुन लिलामी हुन नसकेको बताइएको छ । समितिले लिलामीको लागि गत वर्ष समेत पटक–पटक सूचना जारी गरेको थियो । अब पुन तत्काल नै नियमानुसार सूचना जारी गर्ने योजना समिति रहेको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ । 

चाँदी लिलामी 
समितिका अनुसार चाँदीका लागि भने ४ जना व्यवसायीको आवेदन परेको छ । न्यनतम प्रतितोला ४ हजार २ सय २५ रुपैयाँबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको थियो । समितिसँग रहेको ५ हजार २ सय ९८ तोला चाँदी लिलामीका लागि सूचना जारी गरिएको थियो । 

सोही सूचनाका आधारमा सबैभन्दा बढी मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँमा खरिद गर्ने गरि फुङलिङ नगरपालिका ७ हाल झापामा व्यवसाय गर्दै आउनु भएका राजकुमार विश्वकर्माको सिलबन्दी पत्र प्राप्त भएको छ । अन्य व्यवसायीले कम मूल्य उल्लेख गरेकाले विश्वकर्मासँग लिलामीको थप प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । 

प्रकाशित मिति : 6:18 pm

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत