तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 



ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको तेस्रो वरकदेन गोल्ड कप थलङ स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । आज भएको उद्‌घाटन खेलमा मैवाखोला–१ ढुङ्गेसाँघुलाई पराजित गर्दै थलङले विजय यात्रा सुरु गरेको हो ।

खेलको निर्धारित समयमा बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । कक्फेक्वा तङ्नाम माघे सक्रान्तीको अवसरमा गोल्ड कप सञ्चालन गरिएको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । उहाँको अनुसार खेलकुदको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गोल्ड कपमको आयोजना गरिएको हो ।

खेलका विजेताले नगद १ लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष उमेश केदेमले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले ३ वर्षे रनिङ कप, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोरर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : 6:39 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम