प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा आयोजित प्रथम मागेमेला गोल्डकपमा वि.सि.एस. मेमोरियल युवा क्लब सावादिन र ड्रिम बोइज एफ. सि. धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न भएको क्वाटर फाइनल खेलमा सावादिनले नाम्थोक युवा क्लब पाँचथरलाई र धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

शुक्रबार भएको पहिलो खेलमा सावदीनले पाँचरलाई ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । यता शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा धनकुटाले तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै सावादिनले अब शनिबार हुने अन्तिम क्वाटर फाइनल खेलका विजेता सँग भेट पक्का गरेको छ । शनिबार लालीगुँरास स्पोर्टिङ क्लब र कन्काई स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुँदै छ । 

यस्तै धनकुटाले सेमिफाइनलमा आयोजक सिँवा स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । विहीबार भएको उद्‌घाटन खेलमा आयोजकले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिंवा बजारमा माघेमेला सञ्चालन समितिद्वारा माघ १ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल माघ ५ गने हुनेछ । 

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद १ लाख ७५ हजार रुपियाँ सहित  ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो । विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : 5:56 pm

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध

ताप्लेजुङ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको

प्रथम माघेमेला गोल्ड कप : आज दुई खेल हुने 

ताप्लेजुङ, माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा