पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान



ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका समाचार प्रमुख विक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु भएको छ । सदरमुकाम फुङ्लिङ स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई अभ्यास पुस्तिका, सिसा कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नू भएको हो ।

 विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई सामग्री प्रदान गर्नु भएको छ । जन्मदिनको अवसरमा पार्टी प्यालेस लगायतका क्षेत्रमा हुने फजुल खर्चलाई कटाएर फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको पत्रकार लामगादेले बताउनुभयो । उहाँले गत वर्ष समेत सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको थियो । 

आफ्नो सानो सहयोगबाट विद्यार्थीको मुहारमा देखिएको खुशीले जन्मदिनलाई विशेष बनाएको अनुभुति भएकाले यस वर्ष पनि शैक्षिक सामाग्री प्रदान गरिएको उहाँको भनाइ छ । जन्मदिनको अवसरमा आफ्ना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएका पत्रकार लामगादेलाई विद्यालयले सम्मान समेत गरेको छ । लामो समय अगाडिदेखि सामाजिक कार्यमा रुचि राख्दै आउनु भएका लामगादेले उपचाररत बिरामी, अग्निपीडित लगायतलाई आर्थिक रकम जुटाउने कार्यमा समेत अग्रसर हुँदै आउनु भएको छ । 

 बिहीबार माघे सक्रान्तिको अवसरमा सार्वजनिक बिदा परेकाले बुधबार नै विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 4:35 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज