प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 



ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा भएको छ । गत पुस १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार ९२५ रुपियाँ नाफा भएको हो । 

आयोजक मानाभारा युवा स्पोर्टिङ क्लबले आय व्यय सार्वजनिक गर्दै नाफाको बारे जानकारी गराएको छ । सार्वजनिक आय व्यय अनुसार गोल्डकप सञ्चालन गर्नका लागि विभिन्न सहयोगीदाता, स्थानीय सरकार र सङ्घ संस्थाहरूबाट जम्मा २२ लाख ९२५ हजार रुपियाँ आर्थिक सङ्कलन भएको क्लबका कोषध्यक्ष आदित्य लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा १६ लाख ८४ हजार रुपियाँ खर्च भएको थियो । 

गोल्ड कपको उपाधि भने माछापोखरी हिटी क्लब चाँगेले हात पारेको थियो ।  स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका सचिव मौसम अन्छङबोले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:08 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका