ताप्लेजुङ समाज–नेपालद्वारा नयाँ नीति तथा कार्यक्रम पारित, संस्कृति संरक्षण र स्थानीय पहिचान प्रवर्द्धनलाई प्राथमिकता राख्ने


January 11, 2026  

12
Shares

काठमाडौँ – ताप्लेजुङ समाज–नेपालले जिल्लाको संस्कृति संरक्षण तथा स्थानीय पहिचानको प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम पारित गरेको छ। समाजको स्थापना दिवसको अवसरमा आयोजित विशेष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।

ताप्लेजुङबाट काठमाडौं आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरूको साझा संस्था ताप्लेजुङ समाज–नेपालले अध्यक्ष रमेश बरालको नेतृत्वमा नयाँ कार्यदिशा तय गरेको हो। पारित नीतिअनुसार आगामी वर्ष जिल्लाको सांस्कृतिक संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन, शैक्षिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा विकासका पहल, युवा सशक्तीकरण, सहभागी नेतृत्वको प्रवर्द्धन तथा स्थानीय सेवा र आपत्कालीन सहयोग कार्यक्रमलाई प्राथमिकताका रूपमा अघि बढाइनेछ।

कार्यक्रम अध्यक्ष रमेश बरालको अध्यक्षता तथा निवर्तमान अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेको विशेष उपस्थितिमा काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा सम्पन्न भएको थियो। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूसँग समाजको उद्देश्य, नीति र भावी कार्ययोजनाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रियामा महासचिव मिङ्माकामी शेर्पाले ‘घर फर्क अभियान’ विषयमा सहजीकरण गरे भने वरिष्ठ उपाध्यक्ष अग्नि पौडेलले विधानको सारसंक्षेप र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए। यस्तै, उपाध्यक्ष देउमान विष्टले वार्षिक कार्ययोजना, कृष्ण केदेमले नेतृत्व र टीमवर्क, चैतन्य तुम्बाहाम्फेले भिजन, मिसन तथा मूल्य मान्यता, र कोषाध्यक्ष बिरेन्द्रकुमार दाहालले आर्थिक रणनीति तथा लेखा प्रणालीबारे जानकारी गराएका थिए।

कार्यक्रममा विराटनगरका पूर्व मेयर ध्रुवनारायण श्रेष्ठले परामर्श तथा अनुगमन परिषद्को उद्देश्य र भूमिकाबारे प्रकाश पारे। अध्यक्ष बरालले नीति तथा कार्ययोजनामाथि मन्तव्य प्रस्तुत गर्दा निवर्तमान अध्यक्ष तुम्बाहाम्फे, भानु माविकी पूर्व प्रधानाध्यापक बिमला सुब्बा, जीवनकुमार श्रेष्ठलगायतले आ–आफ्ना धारणा राखेका थिए।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत साहित्यकार लेखनाथ गौतमले गीत प्रस्तुत गरेका थिए भने लेखक ठाकुरप्रसाद खतिवडाले कविता वाचन गरेका थिए। कार्यक्रममा ज्येष्ठ नागरिक परिषद्का प्रमुख गणेश न्यौपाने, भानु एलुम्नाइ समाजका अध्यक्ष इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : 7:59 am

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको