पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने



ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड बन्द हुने भएको छ । पुस २५ गतेदेखि २८ गतेसम्म ४ दिनसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएकाले पूर्व तयारीको काम भइरहेका कारण सडकखण्ड बन्द हुने निर्माण कम्पनी हिमालयन कन्ट्रक्सन ताप्लेजुङले जानकारी दिएको छ । कम्पनीका अनुसार पुस २५ देखि २८ गतेसम्म बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म राजमार्ग बन्द हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै, सडक डिभिजन कार्यालयल इलामले एक सूचना जारी गर्दै सडक निर्माणाधीन अवस्थामा उक्त क्षेत्रमा आफ्ना पशु चौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरीदिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरेको छ ।

अनुरोधलाई बेवास्ता गरी क्षति हुन पुगेमा स्वयम् जिम्मेवार हुनुपर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : 5:36 pm

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको