प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 



ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लब चाँगेले हात पारेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा शनिबार सम्पन्न भएको फाइनल खेलमा लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमलाई ३–० गोल अन्तरले पछि पार्दै माछापोखरीले उपाधि हात पारेको हो । 

माछापोखरीका लागि विदेशी खेलाडी फोडे फोफोनाले खेलको १७ सेकेन्डमै गोल गरेर अग्रता दिलाएका दिलाउनुभएको थियो । यसैगरी, खेलको २३औँ र २९औँ मिनेटमा माछापोखरीकै शक्ति राईले गोल गरेर टिमलाई ३–० गोल अन्तरले जित दिलाउन सफल हुनुभएको हो । जित सँगै माछापोखरीले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल लालीगुराँसले नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्‍यो । 

यस्तै खेलको सर्वोकृष्ट खेलाडी माछापोखरीका आरके कन्दङ्वा हुनुभएको छ उहाँलाई नगद ८ हजार रुपियाँ सहित ट्रफीले सम्मान गरिएको छ । यस्तै  हाइ स्कोरर माछापोखरीकै फोडे फोफोना हुनुभएको छ । वेस्ट फर्वाड लालीगुराँसका दिपेश लिम्बू, वेस्ट मिड फिल्डर लालिगुराँसकै जमिन लिम्बू, वेस्ट डिफेन्डर माछापोखरीका क्याप्टेन सनम राई, वेस्ट गोल किपर माछापोखरीकै देवान भुजेल हुनुभएको छ । उहाँहरूलाई नगद ५ हजार रुपियाँ सहित ट्रफी प्रदान गरिएको छ । 

शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा माछापोखरीले जनसेवा आर्दश स्र्पोटिङ क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोश्रो सेमिफाइनल खेलमा लालीगुराँसले नवप्रयास युथ क्लब हाङ्देवालाई ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:21 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि