नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङले दाताहरूलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि दाताहरूलाई सम्मान गरेको हो । सङ्घले फुङलिङ नगरपालिका – ५ घर भइ हाल युकेमा रहि ब्रीटीश आर्मिमा कार्यरत सुवाष सिङ्घक लिम्बू र उहाँकि श्रीमती अन्जना राईलाई सम्मान गरेको छ ।

उहाँहरुले सङ्घ तथा केन्द्रले स्थापना गरेको अक्षयकोषका लागि नगद ५० हजार रुपियाँ उपलब्ध गराउनु भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो । दातालाई प्रमाण पत्र र मायाको चिनो सहित सम्मान गरिएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आँखा को समस्या भोग्न नपरोस भनेर अक्षयकोषको स्थापना गरिएको र उक्त कोषमा सहयोग गर्ने सहयोगी दाताहरु बढने क्रम जारी रहेको गुरुङले बताउनु भयो ।

प्रकाशित मिति : 8:35 pm

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने

ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे

खोक्लिङमा किराना पसलको अनुगमन

सौगात विष्टताप्लेजुङ, पुष १ गते । ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा