नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङले दाताहरूलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि दाताहरूलाई सम्मान गरेको हो । सङ्घले फुङलिङ नगरपालिका – ५ घर भइ हाल युकेमा रहि ब्रीटीश आर्मिमा कार्यरत सुवाष सिङ्घक लिम्बू र उहाँकि श्रीमती अन्जना राईलाई सम्मान गरेको छ ।

उहाँहरुले सङ्घ तथा केन्द्रले स्थापना गरेको अक्षयकोषका लागि नगद ५० हजार रुपियाँ उपलब्ध गराउनु भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो । दातालाई प्रमाण पत्र र मायाको चिनो सहित सम्मान गरिएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आँखा को समस्या भोग्न नपरोस भनेर अक्षयकोषको स्थापना गरिएको र उक्त कोषमा सहयोग गर्ने सहयोगी दाताहरु बढने क्रम जारी रहेको गुरुङले बताउनु भयो ।

प्रकाशित मिति : 8:35 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)