ताप्लेजुङमा सङ्कटापन्न वन्यजन्तु र वनस्पति अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङमा सङ्कटापन्न वन्यजन्तु र वनस्पति अपराध नियन्त्रणमा गरिएको अध्ययन साथै अनुभवबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रीनहुड नेपालको समन्वयमा डिवजन वन कार्यालय ताप्लेजुङको आयोजना होटल जन्नु इनमा कार्यक्रम सम्पन्न भएको हो । 

अन्तरक्रिया कार्यक्रममा ग्रीनहुड नेपालका अनुसन्धान तथा कार्यक्रम संयोजक रेशु बस्याल र अनुसन्धानकर्ता सोफिया केसीले नेपालमा रहेका सङ्कटापन्न वन्यजन्तु र वनस्पति संरक्षणका लागि चोरी पैठारी नियन्त्रण तथा दिगो संरक्षण सम्बन्धी अध्ययन साथै गरिएको अनुसन्धान र संरक्षणको बारेमा जानकारी गराउनुभएको थियो । 

उहाँहरूका अनुसार ५ मुख्य उद्देश्यका साथ स्थापना भएको ग्रीनहुड नेपालले सङ्कटापन्न प्रजातिहरूको संरक्षण, प्रकृति अपराध नियन्त्रण, विज्ञानमा आधारित नीति वकालत, संरक्षण शिक्षा र सचेतना साथै संरक्षण क्षमता विकास कार्यक्रम गर्दै आएको छ । 

मङ्गलबार सम्पन्न सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सङ्कटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण साझा प्रयासबाट मात्र सम्भव हुने उहाँहरूको भनाई थियो ।  ग्रीनहुडले प्राकृतिक स्रोतको संरक्षण र दिगो प्रयोगबारे अध्ययन अनुसन्धान गरी स्थानीय समुदाय र सरोकारवालालाई सघाउने काम गर्दै आएको छ ।

सस्तै ग्रीनहुडले सङ्कटापन्न प्रजाति सालक संरक्षणका लागि चितवनको मादीमा क्यामरा ट्रयापिङ सहितका कार्य गर्दै आएको छ । सङ्कटापन्न प्रजातिको संरक्षण र प्रकृति अपराध नियन्त्रण बाहेक ग्रीनहुडले विज्ञानमा आधारित नीति वकालत गर्ने, संरक्षण शिक्षा र सचेतनाका कार्यक्रम गर्ने र संरक्षण क्षमता विकासका लागि सम्बन्धित पक्षलाई थप गतिशील बनाउन जागरणका अभियान सञ्चालन गर्ने गर्छ । 

कार्यक्रममा सङ्कटापन्न प्रजाति सालक देखि सुनाखरी र पाँचऔंले सम्मको अवैध ओसारपसार र कारोबारका विषयमा चर्चा भएको थियो । नेपाल सालक र सालकको खपेटाका लागि स्रोत केन्द्र मात्र नभई अवैधानिक व्यापारिक केन्द्रको रुपमा रहेको हुनसक्ने देखिएको ग्रीनहुडका अनुसन्धानकर्ता केसीको भनाई थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, डिभिजन वन कार्यालयका निमित्त प्रमुख ललितनारायण यादव, एन्साव नेपालका कार्यक्रम अधिकृत आयुष भट्टराई, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष  सुरज ओझालगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो । 

प्रकाशित मिति : 5:30 pm

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक