सौगात विष्ट
ताप्लेजुङ, पुष १ गते । ताप्लेजुङ रनको अध्यक्षमा दिनेश खवास चयन हुनुभएको छ । शनिबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनले खवासको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उत्सव साँवा, सचिवमा लक्ष्मी काफ्ले, कोषाध्यक्षमा बिनोद भारती र सहसचिवमा रेजिना गौतम चयन हुनुभएको छ । “स्वास्थ्य शरीर सुन्दर मन स्वास्थ्य नै सबै भन्दा ठुलो धन” भन्ने नारा सहित प्रत्येक शनिबार रन हुने नव निर्वाचित अध्यक्ष खवासको भनाई छ ।






प्रतिक्रिया