साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार बढि नाफा



साहारा लिम्बू 
ताप्लेजुङ, मंसिर १९ गते ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजना भएको दोस्रो साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार ३४१ रुपियाँ नाफा भएको छ । गत मंसिर १३ गतेदेखि १८ गते सम्म सञ्चालन भएको माङ्गेना कपलाई उक्त बराबरको रकम नाफा भएको हो । 

 लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा चासोक तङ्नाम सञ्चालन समितिको आयोजनामा माङ्गेना कप सञ्चालन भएको थियो । उक्त माङ्गेना कप सञ्चालन गर्नका लागि विभिन्न दाताहरूबाट  ११ लाख ३० हजार ७९३ रुपियाँ सङ्कलन भएको थियो । 

जसमा ८ लाख ५ हजार ४५० रुपियाँ खर्च भएको सञ्चालन समितिका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो । साङधुङगे मेरिङदेन माङ्गेना यकको पर्यटन प्रर्वद्धन सँगै प्रचार प्रसारका लागि माङ्गेना कप सञ्चालन गरिएको अध्यक्ष लङ्वाको भनाई छ ।

माङ्गेना कपमा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सहित स्थानीय कलाकारहरूको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । 

प्रकाशित मिति : 11:33 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)