मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको फाईनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ ।
मरिक एफसी धरान तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपमा फाईनलमा प्रवेश गरेको छ । शनिबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै धरानको मरिक एफसी फाईनलमा प्रवेश गर्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक–एक गोलको बराबरी गोल भएपछि खेल ट्राईबेकरतर्फ धकेलिएको थियो ।

अब आईतबार (भोलि) हुने दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले न्यु स्टार क्लब झापा सँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल मङ्सिर २९ गते हुनेछ ।

प्रकाशित मिति : 6:41 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)