ऐतिहासिक पुषे मेला सञ्चलन हुँदै, भलिबल प्रतियोगितामा अन्तराष्ट्रिय टिमको सहभागी हुने 



साहारा लिम्बू 

ताप्लेजुङ, मंसिर २७ गते । ताप्लेजुङमा ऐतिहासिक पुषे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुष १ गतेदेखि ५ गते सम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको सँगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो । 

वि.सं. २०३१ सालदेखि लाग्दै आएको पुषे मेलामा खेल, कृषि प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रम सञ्चलन हुने शनिबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । पुषे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, र्‍याफ्‌टिङ, कृषि प्रदर्शनी मेला र सांस्कृतिक कार्यक्रमको आयोजना हुने पुषे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङ्बाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार भलिबल प्रतियोगितामा अन्तराष्ट्रिय सहित सात टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद तीन लाख रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष चोङ्बाङको भनाई छ । यस्तै दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

सेमिफाइनलमा पुग्न सफल दुई टिमलाई ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूको लागि पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । 

यस्तै ब्याडमिन्टन प्रतियोगिता कोशी प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्चालन हुने छ । जसमा कोशी प्रदेश स्तरीयका प्रथम, द्वितीय, तृतीय र चौथोलाई क्रमश नगद ५२ हजार, ३० हजार ७० हजार र ७० हजार रुपियाँको व्यवस्था गरिएको छ । जिल्ला स्तरीयका प्रथम र द्वितीयलाई क्रमश नगद २५ हजार र १२ हजार रुपियाँको व्यवस्था गरिएको छ । 

जिल्लाको पर्यटन क्षेत्रमा विकास र र्‍याफ्टिङको सम्भावनालाई उजागरण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको मेलामा कृषकहरूले उत्पादन गरेको अन्न बाली, फलफूल, तरकारीको समेत प्रदर्शन गरिएको अध्यक्ष चोङ्बाङले बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने छ । 

मेला सम्पन्न गर्नका लागि ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलाको प्रयोजकमा मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिका सहित केही प्रतिष्ठित निजी कम्पनीहरू रहेका छन् । 


  
 

प्रकाशित मिति : 3:49 pm

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत