रेडियो काबेली
ताप्लेजुङ । तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा धनकुटाको साँघुरीगढी एफसीलाई ५–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएको हो । यससँगै सेमिफाईनल समिकरण पुरा भएको छ । यस अघि आयोजक तेल्लोक स्पोर्टिङ क्लब, न्यु स्टार झापा र मरिक एफसी धरान सेमि फाईनलमा प्रवेश गरि सकेका छन् ।
शनिबार (भोलि) पहिलो सेमिफाइनल खेल आयोजक तेल्लोक स्पोर्टिङ क्लब र मरिक एफसी धरानबीच हुनेछ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाईनल खेल मङ्सिर २९ गते हुनेछ ।






प्रतिक्रिया