ताप्लेजुङ, मंसिर २६ गते । जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धाराको जगन्थान देवल कारागार कार्यालयबाट परार भएका मिक्वाखोला गाउँपालिका–१ प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बू पक्राउ परेका हुन् ।
लिम्बू कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाई भुक्तान गरिरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ वर्षीय लिम्बूलाई शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिका–५, बिरेन्द्र चौकबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका फरार कैदीलाई आवश्यक कानुनी कारबाही तथा बाँकी सजाय भुक्तान गराउन आजै कारागार कार्यालय ताप्लेजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।






प्रतिक्रिया