सिरिजङ्गा गोल्डकपः अन्तिम क्वाटर फाईनल खेलमा आज धनकुटा र तेह्रथुम भिड्दै




रेडियो काबेली
ताप्लेजुङ ।
पाँचौ सिरिजङ्गा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा शुक्रबार (आज) धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब भिड्दैछन् । यो खेल दिउँसो २ बजे तेल्लोक माविको खेल मैदानमा हुनेछ ।

यस अघि बिहिबार भएको तेस्रो क्वाटर फाईनल खेमला भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई ३–१ गोलअन्तरले पराजित गर्दै धरानको मरिक एफसी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि भएका क्वाटर फाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबर र न्यु स्टार क्लब झापाले सेमिफाईनलमा स्थान पक्का गरिसकेका छन् ।


गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबले जनाएको छ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 11:17 am

सिरिजङ्गा गोल्डकपः अन्तिम क्वाटर फाईनल खेलमा आज धनकुटा र तेह्रथुम भिड्दै

रेडियो काबेलीताप्लेजुङ । पाँचौ सिरिजङ्गा गोल्डकपको अन्तिम क्वाटर फाईनल खेलमा

मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । धरानको मरिक एफसी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाईनलमा

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङको एकता सन्देश सभा सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङको एकता सभा सम्पन्न

तेम्बा बजारका आगलागी पीडितलाई पुषे मेला बजार व्यवस्थापन समितीको आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारका आगलागी

ताप्लेजुङमा एक वर्षमा ५३ मानव अधिकार उल्लङ्घनका घटना

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन