नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङको एकता सन्देश सभा सम्पन्न



रेडियो काबेली
ताप्लेजुङ ।
नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङको एकता सभा सम्पन्न भएको छ । बिहिबार सदरमुकाम फुङलिङमा पार्टीले केन्द्रिय नेताको उपस्थितीमा एकता सभा सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय नेता हरिबोल गजुरेलले आउँदो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी देशको नम्बर एक पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,“अब हामी नयाँ ईतिहास रच्ने छौँ । एक नम्बर प्रदेशमा अब कसैको केहि लाग्दैन, तपाईहरु हेर्दै जानुहोला । त्यो हामीले तयारी गरि सकिउँ । अब हामीले राम्रो टिम निर्माण गरेउँ भने हुन्छ । यो अहिलेको पार्टीहरुको एकिकरण नभएको भए देश दुर्घटनामा जाने थियो ।

साथै उहाँले विगतमा केहि गल्ति भएको स्वीकार गर्दै आगामी दिनमा गल्तीहरुलाई सुधारेर जाने र पहिचानको मुद्धा भन्नु नै समाजवादतर्फको बाटो भएको बताउनुभयो । यस्तै कोशी प्रदेशका पुर्ब मुख्य मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय नेता राजेन्द्र कुमार राईले कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी युवाको मागलाई मध्यनजर गरि त्यसको समाधानको निम्ति १६ वटा दलको एकताबाट नेपाली कम्युनिस्ट पार्टी निमार्ण गरिएको बताउनुभयो । साथै उहाँले यस पार्टीको उदेश्यलाई आत्मसाथ गर्दै अन्य दल त्याग गरि नेपाली कम्युनिस्ट पार्टीे आउने समेत दाबी गर्नु भयो ।

नेपालमा दल धेरै भएर यो देशको स्रोत साधन र सम्पदा माथि लुट्ने प्रतिस्पर्धा भयो त्यो लुटतन्त्रलाई अन्त्य गर्न साना साना दलहरुलाई मिलाएर पार्टी एकता गरिएको नेता हर्क बहादुर नेम्वाङले बताउनुभयो । कार्यक्रममा विभिन्न पार्र्टी परित्याग गरि २० जना नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । यस्तै गरि एकता कार्यक्रमलाई निरन्तरता दिदै पालिका र वडामा समेत चाँडो भन्दा चाँडो एकता कार्यक्रम गर्ने पार्टीका केन्द्रिय नेता खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:25 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज